समाचार

कांग्रेसको महाधिवेशनमा निर्वाचन तालिका सार्वजनिक, २७ गते मतदान

काठमाडौं । नेपाली कांग्रेसको नयाँ कार्यसमितिका लागि मंसिर २७ गते निर्वाचन हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले केन्द्रीय कार्यसमितिको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । शीर्ष नेताहरुसँग भएको परामर्शअनुसार महाधिवेशन उद्घाटन पूर्व नै उम्मेदवारी दर्ता गर्ने योजना भने स्थगित गरिएको छ । कांग्रेस महाधिवेशन २४ मंसिरदेखि शुरु हुँदैछ ।

कार्यतालिकाअनुसार अब २४ गते नै मतदाता नामावली प्रकाशित हुनेछ । उम्मेदवारी दर्ता २५ गते विहान १० बजेदेखि साँझ ५ बजेसम्म हुने छ । दावी विरोध लगायतका प्रक्रिया पूरा गरेर २६ गते साँझ ५ बजे उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित हुनेछ । २७ गते विहान ८ बजेबाट मतदान हुने गरि तालिका तय गरिएको छ ।