मनोरञ्जन

३० अर्ब रुपैयाँ लगानीको चलचित्र ‘अवतार : द वे अफ वाटर’को प्रदर्शन कहिलेबाट ?

काठमाडौं । ३० अर्ब रुपैयाँ बजेटमा निर्माण भएको हलिउड चलचित्र ‘अवतार : द वे अफ वाटर’को विश्वव्यापी प्रदर्शनको मिति सार्वजनिक गरिएको छ । निर्माता जेम्स क्यामरुनका अनुसार यो सिनेमा आगामी १६ डिसेम्बरबाट विश्वव्यापी प्रदर्शनमा आउने छ । सिनेमा कन्भेन्सनको मञ्चमा उनले सो घोषणा गरेका हुन् । योसँगै फिल्मको दोस्रो भागको नाम पनि सार्वजनिक गरिएको छ । यो अवतार चलचित्रको दोस्रो भाग हो । यसअघि आधिकारिक शीर्षक समेत सार्वजनिक गरिएको थिएन् ।

अब ‘अवतारः द वे अफ वाटर’का रुपमा यो चलचित्र प्रदर्शन हुने भएको हो । रिलिज मितिसँगै फिल्मको फर्स्ट लुक समेत सार्वजनिक गरियो । फिल्ममा केट विन्सलेट, साम वर्थिंगटन, जोए साल्दाना, स्टीफन लङ, विन डिजेल, एडी फाल्को, क्लिफ कर्टिस, सिगौर्नी वीभर, जियोभन्नी रिबिसी, मिशेल येओह, जर्मेन क्लेमेन्ट, उना च्याप्लिन र थप कलाकारले अभिनय गरेका छन् । ुअवतार २ बजेट २५० मिलियन अमेरिकी डलर (३० अर्ब रुपैयाँ)मा बनेको हो ।