समाचार

मतदान स्थलमा कोरोना खोप पनि पाइने

काठमाडौं । सरकारले आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा खोप लगाउन छुटेका सबैलाई अनिवार्य रुपमा खोप लगाउन भनेको छ । पहिलो, पूर्ण मात्रा र बुस्टर डोज लगाउन छुटेका १८ वर्षभन्दा माथिका व्यक्तिका लागि मतदानस्थलमै खोप लगाउने सुविधा मिलाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बुस्टर डोज नलगाएकाहरुले चुनावमा सहभागी हुँदा अनिवार्य रुपमा खोप कार्ड लिएर जानु पर्ने भएको छ ।

यदि कुनै कारणवस, पहिलो मात्रा, पूर्ण मात्रा र बुस्टर डोज लगाउन छुटेकालाई लक्षित गरि यस्तो व्यवस्था मिलाइएको मन्त्रालयको भनाई छ । मतदान स्थलमा खोप दिने व्यवस्थाको तयारी थालेको मन्त्रालयको भनाई छ । कोभिड संक्रमण कम हुँदै जाँदा पछिल्लो समय कोरोना विरुद्ध खोप लगाउनेको संख्यामा समेत कमि आएको छ । यद्दपी अहिले पनि दैनिक २० हजारको हाराहारीमा खोप वितरण भइरहेको छ । स्वास्थ्य सेवा विभागका अनुसार केन्द्र तथा प्रदेशका भण्डारण केन्द्रमा एक करोडभन्दा बढी डोज खोप मौज्दात छन् ।