समाचार

देशका विभिन्न स्थानमा जारी वर्षा तीन दिनसम्म रहने

काठमाडौं । स्थानीय वायु र भारतको बिहार हुँदै पश्चिम बंगालको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभावका कारण देशैभर तीनदिनसम्म वर्षा हुने मौसम पुर्वनुमान महाशाखाले जनाएको छ । सामान्य देखि मध्यम सम्मको चट्याङसहित बर्षा हुने महाशाखाले विज्ञप्ती निकाल्दै जनाएको हो । देशको बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली र सुदुरपश्चिम प्रदेशमा पुर्ण बदली रही बढी वर्षा हुने जनाएको छ ।

आइतबार, सोमबार र मंगलबार पहाडी भू–भाग र देशका अधिकांस स्थानमा मेघ गर्जन र चट्याङ्ग हावा हुरी सहित हल्का देखि मध्यम वर्षा हुने छ। महाशाखाले बर्षासँगै आउने बाढी र हावाहुरीले क्षति पुर्याउने जनाउदै आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।