फिचर

बंगलादेश, म्यानमान र ओमनका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन

काठमाडौं । संसदीय सुनुवाइ समितिबाट बंगलादेश, म्यानमार र ओमानका लागि सरकारद्वारा प्रस्तावित राजदूतको नाम अनुमोदन भएको छ । आइतबार सिंहदरवारमा बसेको समितिको बैठकले बंगलादेशका लागि प्रस्तावित घनश्याम भण्डारी, म्यानमारका लागि प्रस्तावित हरिश्चन्द्र घिमिरे र ओमानका लागि प्रस्तावित डोरनाथ अर्यालको नाम अनुमोदन गरेको हो ।

आइतबारको बैठकमा बंगलादेशका लागि प्रस्तावित राजदूत भण्डारीले आफ्नो कार्यकालमा बंगलादेशमा छात्रवृत्तिमा अध्ययनरत नेपालीको संख्या बढाउने र त्यहाँ देखिएका नेपालीहरुको समस्या समाधान गर्ने प्रतिवद्धता व्यक्त गरे ।

म्यानमारका लागि प्रस्तावित नेपाली राजदूत हरिश्चन्द्र घिमिरेले नेपाल पर्यटन बोर्ड र लुम्बिनी विकास कोष र अन्य सरोकारवाला निकायसँग समन्वय गरी लुम्बिनी जाऔँ, भिजिट लुम्बिनी अभियानको रुपमा सञ्चालन गर्ने योजना सुनाए । ओमानका लागि प्रस्तावित नेपाली राजदूत डोरनाथ अर्यालले नेपाल र ओमान सरकारबीच भएका सम्झौता कार्यान्वयन गर्न पहल गर्ने योजना सुनाएका छन् ।