समाचार

बुद्धको काठमाडौं-बनारस सिधा उडान पुनः सुरू, साताको दुई उडान हुने

काठमाडौं । निजी क्षेत्रको हवाई सेवा प्रदायक बुद्ध एयरले काठमाडौँ–बनारस (वाराणसी) गन्तव्यमा पुनःसिधा उडान सुरु गरेको छ ।बुद्धले आज (सोमबार)देखि काठमाडौंबाट भारतको चर्चित तीर्थस्थल वनारसमा पुनः सिधा उडान सुरु गरेको हो ।

बुद्धले धार्मिक पर्यटकलाई लक्षित गर्दै पुनः सिधा उडान सुरु गरेको हो । उक्त गन्तव्यमा कोभिड सङ्क्रमणको उच्च जोखिमका कारण उडान स्थगित भएको थियो ।

यस रुटमा अब सातामा दुई दिन सोमबार र शुक्रबार नियमति उडान हुने बुद्धले जनाएको छ ।

धार्मिक पर्यटनका दृष्टिकोणले भारतको बनारस महत्वपूर्ण गन्तव्य मानिन्छ । काठमाडौँदेखि वनारसलाई धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले बुद्धले उडान गरिरहेको थियो ।

बुद्ध एयरले आन्तरिक उडानमा एटीआर जहाजमार्फत गुणस्तरीय सेवा प्रदानका साथै पर्यटन विकासमा समेत महत्वपूर्ण भूमिका खेलेको छ ।