फिचर

सरकारले विश्व बैंकबाट ३३ अर्ब रुपैयाँ ऋण लिने

काठमाडौं । सरकारले विश्व बैंकबाट २७५ मिलियन अमेरिकी डलर अर्थात् झन्डै ३३ अर्ब रुपैयाँ ऋण सहायता लिने भएको छ । यसका लागि वार्ता टोली गठन गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीका अनुसारविश्व बैंकबाट यातायात तथा व्यापार अभिवृद्धि कार्यक्रमका लागि प्राप्त हुने झन्डै ३३ अर्ब रुपैयाँ ऋण सहायतामा वार्ता टोली गठन गर्ने निर्णय भएको हो ।

नेपालले पछिल्लो ५ वर्षयता वैदेशिक तथा आन्तरिक ऋण दोब्बर बनाएको छ । खासगरी भूकम्पको पुनर्निेर्माणका क्रममा बढी ऋण आएको छ । यसबीचमा कोरोना महामारी र आर्थिक संकटका कारण समेत सार्वजनिक ऋण बढ्दो क्रममा छ । अनुदान भने क्रमशः घटिरहेको छ ।