स्थानीय

वीरगन्जमा पनि एमालेको ठूलो हार, महानगरमा सिंह विजयी

वीरगन्ज । वीरगञ्ज महानगरपालिकामा एमालेले ठूलो हारा बेहोरेको छ । यस महागरपालिकाको मेयरमा जनता समाजवादी पार्टीका राजेशमान सिंह र उपमेयरमा नेपाली कांग्रेसका इम्तियाज आलम निर्वाचित भए । एमालेका उम्मेदवार विजय कुमार सरावगीभन्दा २२ हजार ५५५ मत बढी ल्याएर राजेशमान मेयरमा निर्वाचित भएका हुन् । निर्वाचनको मुखमा एमाले छिरेका सरावगीलाई जनताले भने विश्वास गरेनन् । कुल ३२ वडा रहेको वीरगन्जमा राजेशमानले ४६ हजार २१५ मत पाए । विजयले मात्र २३ हजार ६७१ मत ल्याउन सके ।

एक लाख २४ हजार ६४७ मतदाता रहेकोको यो महानगरमा ७५.२४ प्रतिशत अर्थात ९३ हजार ७ सय ८२ मत खसेको थियो । अघिल्लो पटक तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबाट मेयरमा उठेका राजेशमान सरावगीसँग पराजित भएका थिए । तत्कालीन संघीय समाजवादी फोरमबाट मेयरमा उठेका विजयले १९, ३९३ मत ल्याउँदा राजेशमान १२, १६५ मत ल्याएर तेस्रो बनेका थिए । यसपटक दुवैले दल बदलेर चुनावी मैदानमा आएका हुन् ।

राजेशमान लोकतान्त्रिक समाजवादी पार्टी त्यागेर जसपामा पुगेका हुन् भने विजय जसपा त्यागेर एमालेबाट उम्मेदवार बनेका हुन् । उपमेयरमा निर्वाचित इम्तियाजले ३० हजार ७८ मत पाए । उनका प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का उम्मेदवारले ९५६८ मतमात्रै पाए । वीरगञ्जमा ३२ वटा वडामध्ये १३ वटा वडामा जसपा, ९ वटामा कांग्रेस, ८ मा एमाले र २ लोसपाले जितेको छ ।