समाचार

नुवाकोटमा भूकम्प, काठमाडौंसम्म ठूलो धक्का

काठमाडौं । नुवाकोटलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको छ । बिहान ५ः२६ मिनेटमा नुवाकोटको बेलकोटगढी केन्द्रविन्दु बनाएर ५.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। भूकम्पको धक्का नुवाकोट आसपासका जिल्ला र काठमाडौं उपत्यकामा समेत महसुस भएको छ ।


यसअघि साउन १५ गते बिहान ८ : १३ बजे खोटाङको साकेला गाउँपालिका५ मात्तिम बिर्ता केन्द्रविन्दु बनाएर ६ म्याग्निच्यूडको भूकम्प गएको थियो । पछिल्लो समय मध्यम खालका भूकम्प निरन्त जादा मानिसहरुमा त्रास बढेको छ ।