फिचर

नेपालको क्रिकेट प्रक्षिशकमा भारतका मनोज प्रभाकर नियुक्त

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले राष्ट्रिय टिमको मुख्य प्रशिक्षकमा भारतीय पूर्व अलराउण्डर मनोज प्रभाकरलाई नियुक्त गरेको छ । विवादित छवि बनाएका प्रभाकरलाई क्यानले प्रशिक्षक बनाएको हो । उनीमाथि खेल मिलेमतोको आरोप लागेको थियो । सन् १९९९ मा भारतीय सञ्चार संस्था तेहल्काले स्टिङ अप्रेसन गर्दै उनीमाथि खेल मिलेमतोको आरोप लगाएको थियो । त्यसपछि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईले उनलाई भारतीय टिमबाट खेल्न प्रतिबन्ध लगाएको थियो । प्रतिबन्ध लाग्नुअघि उनले भारतका लागि ३९ टेष्ट र १३० ओडीआई क्रिकेट खेलेका थिए ।

सन् २०११ मा रणजी ट्रफीका लागि दिल्लीको प्रशिक्षक रहेका उनले खेलाडी र छनोटकर्ताको आलोचना गरेका थिए । त्यसपछि उनी रणाजी ट्रफी सुरु हुनु दुई दिनअघि बर्खास्तीमा परेका थिए । उनी २००८ बलिङ कोच रहेका बेला दिल्लीले रणजी ट्रफी जितेको थियो । सन् २०१५ मा अफगानिस्तानको बलिङ कोच रहेका उनले २०१६ को टी २० विश्वकपमा पनि प्रशिक्षण दिए । अफगानिस्तानको प्रशिक्षकबाट हटेको ७ वर्षपछि उनले नेपाली टिमलाई प्रशिक्षण दिने मौका पाएका हुन् । प्रभाकरलाई करिब १५ हजार डलरमा अनुबन्ध गरिएको हो ।