विश्व

विश्वकप इतिहासमा पहिलो पटक तीन एसियाली मुलुक नकआउट चरणमा

काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ मा एसियाले नयाँ कीर्तिमान बनाएको छ । जसमा तीन राष्ट्रले नकआउट चरणमा स्थान बनाएका छन् । यो पहिलो पटक सम्भव भएको हो । एसिया आयोजक भएको समयमा एसियाली टीमहरुको प्रदर्शन समेत उच्च कोटीको रहेको छ । पहिलो पटक कतारमा आयोजना भएको विश्वकपमा यस पटक एसियाबाट कीर्तिमानी ६ टिमले विश्वकपमा प्रतिस्पर्धा गरेका थिए । जसमा एकै संस्करणमा अहिलेसम्मकै तीन एसियन टिमले नकआउट चरणमा स्थान बनाएका हुन् ।

एसियाबाट अष्ट्रेलिया, जापान र दक्षिण कोरियाले अन्तिम १६ मा स्थान बनाएका छन् । शुक्रबार दक्षिण कोरियाले पोर्चुगलमाथि २–१ को शानदार पुनरागमन जित निकाल्यो । कोरिया समूह एचको उपविजेताको रुपमा अन्तिम १६ मा पुगेको हो । अष्ट्रेलिया समूह डी को उपविजेता तथा जापान समूह इ को विजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेका हुन् ।