विश्व

१ हजारौं खेलमा चम्किए मेसि, अर्जेन्टिना क्वाटरफाइनल प्रवेश

काठमाडौं । कप्तान लियोनल मेसिको कीर्तिमानि खेल र उत्कृष्ट प्रदर्शनबाट प्रेरित अर्जेन्टिना विश्वकप फुटबलको क्वाटरफाइनल प्रवेश गरेको छ । करिअरको १ हजारौं गोलमा मेस्सीले जादुयी प्रदर्शन गरे ।

३५ वर्षीय मेस्सी करिअरको १६९ अन्तर्राष्ट्रिय खेल खेलिरहेका थिए । यससङ्गै अर्जेन्टिनाले  शुक्रबार नेदरल्याण्ड्ससँगको क्वाटरफाइनल भेट पक्का गरेको छ ।

रक्षात्मक रणनीतिले अर्जेन्टिनालाई पहिलो हाफमै समस्यामा पारेको थियो । तर, पीएसजीका स्ट्राइकर मेस्सीले विश्वकपको नकआउट चरणमा पहिलोपल्ट गोल गर्ने क्रममा शानदार प्रहार गरे । उनले सो क्रममा आधा दर्जन डिफेन्डरलाइ छलेका थिए ।

युवा स्ट्राइकर जुलियन अल्भारेजले ५७ औं मिनेटमा टिमका लागि दोस्रो गोल गरे । अष्ट्रेलियाले निकै कम पोष्ट आक्रमण गरेपनि खेल सकिन १३ मिनेट बाँकी रहँदा एन्जो हर्नाण्डेजले गोल गर्दै टिमलाइ फर्काउने कोशिस गरेका थिए । त्यसपछि अष्ट्रेलिया हावी हुन खोजेको थियो ।

विश्वकपको यो खेलसँगै लियोनल मेसिले  आफ्नो करिअरमा आधिकारिक १ हजार खेल पूरा गरे । यो उनको ७८९औं गोल हो । लगातार पाँचौं संस्करण फिफा विश्वकप खेलेका मेसिले विश्वकपमा गोलसंख्या ९ पुर्याए ।