विश्व

एमबाप्पे चम्किएपछि फ्रान्स विश्वकपको क्वाटरफाइनलमा

काठमाडौं । ओलिभर जिरुड र केलिएन एमबाप्पेले उत्कष्ट प्रदर्शन गरेको खेलमा फ्रान्सले पोल्याण्डलाई हराउँदै क्वाटरफाइनल पुगेको छ । फ्रान्सले पोल्याण्डलाई ३–१ गोलअन्तरमा हरायो । फ्रान्स साविक विजेता समेत हो । अल थुमाना रंगशालामा भएको खेलमा फ्रान्सका लागि एमबाप्पेले दुई तथा जिरुडले एक गोल गरे । जिरुडले पहिलो हाफमा गोल गर्दै अग्रता दिलाए । एमबाप्पेले दोस्रो हाफमा दुई गोल थपेका हुन् । खेलको अन्तिम मिनेटमा पोल्याण्डका लागि रोवर्ट लेवान्डोस्कीले पेनाल्टीमार्फत एक गोल फर्काए ।

२४ वर्ष पुग्नुअघि नै विश्वकपमा ८ गोल गर्ने पहिलो खेलाडी बन्दै एमबाप्पेले कीर्तिमान बनाएका छन् । यसअघि समूह चरण अन्तर्गत डेनमार्क विरुद्ध दुई गोल गर्दै उनले २४ वर्ष लाग्नुअघि नै ७ गोल गर्ने पेलेको कीर्तिमान बराबरी गरेका थिए । जारी विश्वकपमा ५ गोल गरिसकेका एमबाप्पे सर्वाधिक गोल गर्नेमा शीर्ष स्थानमा छन् । यस्तै उनले विश्वकपमा ९ गोल गरिसकेका छन् । २०१८ मा रुसमा भएको विश्वकपमा एमबाप्पेले डेब्यू गर्दै ४ गोल गरेका थिए ।