समाचार

प्रधानमन्त्री देउवाको चुनावी खर्च २६ लाख १२ हजार

File

काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले चुनावमा गरेको खर्च विवरण बुझाएका छन् । जस अनुसार उनको खर्च २३ लाख १२ हजार रुपैयाँ भएको देखिएको छ । मङ्सिर ४ गते भएको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा भाग लिएका राजनीतिक दल र उमेदवार निर्वाचन खर्चको विवरण निर्वाचन कार्यालयमा बुझाउनु पर्छ । प्रधानमन्त्री देउवाले आफ्ना प्रतिनिधि पार्टीका सहसचिव प्रेमबहादुर महरमार्फत खर्च विवरण पेस गरेका हुन्।

प्रचार सामग्री छपाइ, यातायात, खाना, सम्पर्क कार्यालय स्थापना र सञ्चालनलगायत सात शीर्षकमा उक्त खर्च भएको भन्दै विवरण निर्वाचन कार्यालयमा बुझाइएको छ । नेपाली कांग्रेस (बिपी) का उम्मेदवार कर्णबहादुर मल्लले १३ लाख आठ हजार, स्वतन्त्र उम्मेदवार कर्णबहादुर रावलले एक लाख १६ हजार, विक्रमबहादुर शाहीले दुई लाख दुई हजार एक सय ९० र राप्रपा उम्मेदवार गोविन्द खडायतले चार लाख ४० हजार खर्च भएको भन्दै विवरण बुझाएका छन्।