फिचर

आइसीसी विश्वकप क्रिकेट लिग २ : आज नेपाल र नामिबिया खेल्दै

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग २ को त्रिदेशीय एकदिवसीय श्रृंखलामा नेपाल र नामिबिया आज दोस्रो पटक भिड्दैछन् । नामिबिया भ्रमणमा रहेको नेपालले आज तेस्रो खेलमा घरेलु टोलीसँग खेल्न लागेको हो । नेपाल र नामिबियाबीचको खेल युनाईटेड क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो पौने दुई बजेदेखि सुरु हुनेछ । नामिबियामा भैरहेको यो श्रृंखलामा नेपाल, नामिबीया र स्कटल्याण्ड रहेका छन् ।

नेपाल र नामिबियाबीच भएको पहिलो खेल वर्षाका कारण नतिजाविहीन हुँदा एक\एक अंक बाँडिएको थियो । अर्को खेलमा नेपाल स्कटल्याण्डसँग ३ विकेटले पराजित भयो । ७ टोली सहभागी विश्वकप लिग २ मा नेपाल २२ खेलमा १८ अंकसहित छैठौं स्थानमा छ । नामिबिया भने २९ खेलमा ३५ अंकका साथ तेस्रो स्थानमा छ । यो श्रृंखलाको अन्तिम खेलमा नेपालले बुधधार स्कटल्याण्डसँग खेल्दैछ ।