विश्व

अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया पाटन भ्रमणमा

काठमाडौं । नेपाल भ्रमणका सिलसिलामा अमेरिकी विदेश मन्त्रालयको राजनीतिक मामिला हेर्ने उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्ड सोमबार पाटन क्षेत्रको भ्रमण गरेकी छिन् । आइतबार नेपाल आएकी उनले सोमबार बिहान बालुवाटारमा प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेकी थिइन् । त्यसलगत्तै धुम्बाराही पुगेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटेकी उनी त्यसपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगिन् ।

उनले परराष्ट्रमन्त्री विमला राई पौड्यालसँग पनि भेटवार्ता गरेकी छन् । राजनीतिक भेटघाट सकिएपछि उनले पाटन दरबार स्क्वायरको अवलोकन गरिन् । त्यसपश्चता उनले पत्रकार सम्मेलन गरेकी थिइन् । नुल्यान्डा भारत, श्रीलंका र कतार हुँदै अमेरिका फर्किने कार्यक्रम रहेको अमेरिकी दूतावासले जनाएको छ । पाटन क्षेत्रमा उनलाई स्थानीयले स्वागत गरेका थिए ।