समाचार

देशभरको आकासमा बादल, वर्षाको सम्भावना भने न्यून

THT

काठमाडौं । नेपालमा हिउँदे वर्षा नहुँदा सुख्खा बढेको छ । यसले कृषक प्रभावित बनेका छन् । देशका धेरै ठाउँको मौसम धुम्मिएर आकास बादलले ढाकेको छ । तर, वर्षाको सम्भावना भने कम छ । आज देशभर मौसम आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

अन्य प्रदेशमा भने बादल लागे पनि पानी पर्ने सम्भावना छैन । तत्कालका लागि प्रदेश १, बाग्मती, गण्डकी र मधेस प्रदेशमा पानी पर्ने सम्भावना छैन । हिउँदमा हल्का हिमपातको सम्भावना रहे पनि जमिन भिज्ने गरी पानी पर्ने सम्भावना नभएको समेत मौसमविद्ले जनाएका छन् ।