विश्व

नयाँ दिल्लीको सडकबाट एक साथ हटाइंदैछ ५४ लाख कार, यस्तो छ कारण

नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीको सडकमा गडिरहेका ५४ लाख भन्दा धेरै गाडी अब हटाइने भएको छ । भेइकल स्क्रेप पोलिसी अन्तर्गत दिल्ली परिवहन विभागले यस्तो कदम उठाउन लागेको हो । सवारी साधन चलाउन तोकिएको भन्दा बढी समय नाघेका कारहरु यसरी कारवाहीमा पर्ने भएका हुन् । भारतको राजधानीसहितका शहर अधिक प्रदुषणका कारण विभिन्न स्वास्थ्य समस्यासँग जुधिरहेका छन् ।

सोहीकारण यस्तो नीति ल्याइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । प्रशासनले पुराना सवारी साधन नचलाउन आह्वान गरिरहेको छ । तर, सर्वसाधारणबाट त्यसको पालना नभएपछि प्रशासन स्वयमःले गाडीलाई कवाडीमा पणित गर्न लागेको हो ।

भारतमा पेट्रोलबाट चल्ने १५ वर्ष र डिजेलबाट चल्ने १० साल पुराना कारहरु कारवाहीमा पर्ने भएका हुन् । यस्तो कारको संख्या दिल्लीमा मात्र ५४ लाख ३९ हजार ३९४ रहेको आंकड छ । यसरी कारवाहीमा पर्ने सवारी साधनको क्षतिपूर्ति भने दिइने छ ।