बाग्लुङ सेवा समाज अमेरिका न्युयोर्क च्याप्टरले पायो नयाँ वेतृत्व
न्युयोर्क
न्युयोर्कको वुड्साईडस्थित काठमाडौं फ्युसन रेस्टुरेन्टमा बाग्लुङ सेवा समाज अमेरिका न्युयोर्क च्याप्टरको अधिवेशन सम्पन्न भएको छ ।अधिवेशनले जिबनाथ कँडेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
नयाँ कार्यसमिति
अध्यक्ष: जिबनाथ कँडेल
बरिष्ठ उपाध्यक्ष: बिमल हमाल
उपाध्यक्ष: सुजन बस्याल
महिला उपाध्यक्ष: माया देबी पुन मगर
महासचिव: जीवनदास सुनार
सचिव : नवराज सापकोटा
सचिव : अशोक खड्का
कोषाध्यक्ष: बिशाल निउरे
सह कोषाध्यक्ष: प्रभा रिजाल सापकोटा
युथ् कोर्डिनेटर: प्रेम भट्टराई
सदस्यहरु: हरी आचार्य, गगन थापा र कृष्ण बोहोरा
बागलुङ सेवा समाजका केन्द्रीय अध्यक्ष सकस जिसीको अध्यक्षतामा सम्पन्न अधिवेशनको कार्यक्रम सञ्चालन संस्थाका निवर्तमान सचिव दिपु श्रीष मगरले गरेको थियो ।
न्युयोर्कबासी बाग्लुङगेहरुको बाक्लो उपस्थिति रहेको अधिवेशनमा बागलुङ सेवा समाज अमेरिका महाधिबेशन समायोजन समितिका अध्यक्ष गौरिश्वर शर्माले प्रवासमा पनि बागलुङ सेवा समाजले जिल्लावासीका लागि निरन्तर काम गरिरहेको बताउँदै निर्वाचित नयाँ कार्यसमितिले ऐतिहासिक काम गर्न सकोस् भनि शुभेक्षा व्यक्त गरे ।