समाचार

स्याङ्जा सहयोग समाज यूएईको आठौं अधिवेशन सम्पन्न

२३ पुस, दुबई । स्याङ्जा सहयोग समाज यूएईको आठौं अधिवेशन भव्य, शान्तिपूर्ण र सफल रुपमा सम्पन्न भएको छ । अधिवेशनले रेशमराज खनालको अध्यक्षतामा २३ सदस्यीय निर्विरोध कार्यसमिति गठन गरेको छ । प्रमुख पदाधिकारीहरुमा उपसभापति कल्पित भण्डारी, हरि पन्त, शंकर भट्ट, महामन्त्री लक्ष्मण पौडेल, सहमहामन्त्री रामबहादुर भुसाल, प्रदीप अधिकारी, कोषाध्यक्ष पुष्कर अधिकारी रहेका छन् । यस्तै, सदस्यहरुमा गणेश पोखरेल, दीपक सापकोटा, निर्मला खनाल, मञ्जु खत्री, सुरेश अधिकारी, माया भण्डारी लगायत २३ सदस्य छन् ।


अधिवेशनमा यूएईभर छरिएर रहेका स्याङ्जाली दाजुभाइ–दिदीबहिनीहरुको सक्रिय सहभागिता, एकता र सहकार्यले कार्यक्रममा विशेष उत्साह थपेको थियो । नवगठित कार्यसमितिले समाजको उद्देश्यअनुसार सदस्यहरुलाई एकताबद्ध गर्दै सामाजिक र सांस्कृतिक क्षेत्रमा सक्रिय योगदान दिने अपेक्षा गरिएको छ ।