विश्व

राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता

बाढीबाट प्रभावितलाई हवाई उद्धार गर्दैः त्रिशूली (नुवाकोट) ११ भदौ : रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नुवाकोट र रसुवाको विभिन्न स्थानमा फसेकालाई नेपाली सेनाले हेलिकोप्टर मार्फत बिहीबार साँझ उद्धार गर्दै । विभिन्न स्थानमा फसेका मध्ये बिहीबार साँझसम्म ६५५ जनाको उद्धार भएको छ भने बाँकी रहेकालाई शुक्रबार बिहानैदेखि खोज तथा उद्धार गरिने श्री शेर गणका गणपति प्रमुख सेनानी आविश्कार ढुङ्गानाले जानकारी दिनुभयो । तस्बिर : रामहरि न्यौपाने\रासस ।

वाशिङटन, डिसी, १२ भदौः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । अमेरिकी समाचार संस्था एनबिसी न्यूजका अनुसार बिहीबार ह्वाइट हाउसमा आयोजित लेक ओन्टारियोको नाम परिवर्तनसम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर गर्न आयोजना भएको समारोहपछि सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै उनले सहयोगको प्रतिबद्धता व्यक्त गरेका हुन् । “नेपाललााई आवश्यक पर्ने जस्तोसुकै सहयोग गर्न अमेरिका तयार छ,” राष्ट्रपति ट्रम्पलाई उद्धृत गर्दै एनबिसीले भनेको छ । उनले भोटेकोशी बाढीबाट भएको क्षतिबारे नेपालका अधिकारीहरूसँग जानकारी लिएपछि उनीहरूलाई सहयोग गर्न अमेरिका तत्पर आफूले जानकारी गराएको बताए ।