नगरप्रमुखको घरमा अज्ञात समूहले गराए बम विस्फोट

Image

गोदावरी नगरपालिकाका नगरप्रमुखको घरमा अज्ञात समूहले बम विस्फोट गराएको छ । गोदावरी नगरपालिकाका प्रखुम हरिसिंह साउदको घरमा बम विस्फोट भएको हो । घरदेखि ५ मिटर पर खाल्डो खनेर प्रेसर कुकर बम विस्फोट गराएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

पूरा पढ्नुहोस्

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सातवटै प्रदेशमा उम्मेदवारी दर्ता, धरौटी १० हजार

Image

माघ २४ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सातवटै प्रदेशमा आज उम्मेदवारी दर्ता हुँदै छ । निर्वाचनको सम्पूर्ण तयारी पूरा भइसकेको निर्वाचन आयोगले जनाएको छ ।
आयोगले राष्ट्रियसभा निर्वाचन प्रयोजनका प्रदेश १ को विराटनगर, २ को जनकपुर, ३ को पाटन, ४ को पोखरा, ५ को दाङ, ६ को सुर्खेत र प्रदेश ७ को दिपायलमा निर्वाचन अधिकृतको कार्यालय खोलिएको आयोगले जनाएको छ ।

पूरा पढ्नुहोस्

माओवादीका सात वटै प्रदेशका राष्ट्रियसभाका यस्ता छन् उम्मेदवार

Image

प्रदेश सभा र केन्द्रीय निर्वाचनमा नेकपा एमालेसँग तालमेल गरेको नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा सदस्यमा पनि एमालेसँगै तालमेल गरेको छ ।  एमालेसँग तालमेल गरेको माओवादीले नेता रामबहादुर थापा र दीनानाथ शर्मालाई राष्ट्रिय सभामा पठाउने निर्णय गरेको छ ।

पूरा पढ्नुहोस्

समाचार सबै
Image

नेकपा एमालेका सांसद एवं पूर्व डिआइजी नवराज सिलवालको खोजी गर्न नेपाल प्रहरीको आग्रहमा इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको छ । इन्टरपोलले सिलवाललाई पक्राउ गर्न सोमबार डिफ्युजन नोटिस जारी गरेको छ ।

Image

सुस्ता, महेशपुर र  मानेभञ्याङ्ग  मात्र होइन मेची, पशुपतिनगर, कालापानी लगायत देशका विभिन्न ठाउँमा भारतबाट गरिएको सिमा अतिक्रमणको विरोधमा लड्दै आएको संगठन अनेरास्ववियु र अखिल क्रान्तिकारी अहिले वीरगञ्ज पुगेको छ ।




मनोरञ्जन सबै
Image

नाम जस्तै भीमकाय ज्यान भएका भीमसेन लामा चलचित्र क्षेत्रमा २५ वर्षअघि डरलाग्दा क्यारेक्टरका रुपमा परिचित थिए । त्यसबेला भीमसेन लामाले अभिनय गरेका चलचित्र पनि डरलाग्दा क्यारेक्टर हुने भएकाले उनलाई अजङ्गका मान्छे भन्ने गरिन्थ्यो ।

Image

 
यतिबेला हिजो मात्रै रिलिज भएको गीतले बजार तताएको छ ।  न्युयोर्कमा बस्दै आएका पासाङ शेर्पाले रचना गरेको ‘नरोऊ तिमी भन्छौ भने हाँस्ने आधार देखाइदेऊ’ भन्ने बोलको आधुनिक गीतको चर्चा बढ्दैछ । नायिका स्वस्तिमा खड्का र नायक आकाश श्रेष्ठले अभिनय गरेको उक्त गीत गायिका निकिता थापाले गाएकी हुन् ।