यता सजग गराउदै, उता बमले तर्साउदै

Image

निर्वाचन आयोगले आसन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको सुरक्षा व्यवस्थालाई सुदृढ बनाउन सरकारलाई पुनः निर्देशन दिएको छ । निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले निर्वाचनको सुरक्षा व्यवस्था सुदृढ बनाउन सरकारलाई पुनः निर्देशन दिनु परेको पनि स्पष्ट पारेका छन् ।

काँग्रेस वरिष्ठ नेता पौडेललाई लक्षित गरी बम प्रहार

Image
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई लक्षित गरी उनी चढेको जिपमा बम प्रहार भएको छ ।  तनहुँबाट लमजुङतर्फ आउँदै गर्दा तनहुँको भानु नगरपालिका– १० स्थित नेपालडाँडामा नेता पौडेल सवार बा१३च ३७४२ नं को जिपमा बम प्रहार भएको हो । 

सम्वृद्ध नेपालको लागि जनताले पनि मेहनत गर्नु पर्ने !

Image

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले मुलुकमा राजनीतिक स्थायित्व कायम गरी आर्थिक विकासलाई सुनिश्चित गराउन एमालेसँग चुनावी तालमेल र पार्टी एकीकरण गर्ने सहमति भएको स्पष्ट पारेका छन् । अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले बाम गठबन्धन देश र जनताको पक्षमा रहेको दावी गरेका छन् ।

सिन्धुपाल्चोकमा पूर्व र वर्तमान सञ्चारमन्त्रीको भिडन्त, चुनावमा युद्धको खतरा

Image
पहिलो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन आउन अब ८ दिन मात्रै बाँकी छ । यसरी निर्वाचनको मिति नजिकिएसँगै सिन्धुपाल्चोकमा भने चुनावी युद्धको संकेत देखिएको छ ।  
पूर्व सञ्चार र वर्तमान सञ्चारमन्त्रीको चुनावी भिडन्तले त्यहाँ युद्धको खतरा देखिएको छ । 

समाचार सबै
Image

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन विरोधी गतिविधिलाई तत्काल नियन्त्रण गरी शान्ति, सुरक्षाको व्यवस्था सुदृढ बनाउन सरकारसँग माग गरेका छन् । अध्यक्ष ओलीले आसन्न प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन विथोल्ने षडयन्त्र भईरहेको आरोप पनि लगाएका छन् ।

 

Image

जलविन्दु रोगको रोकथामका उपायबारे जानकारी गराउने उद्देश्यले नेपाल आँखा अस्पतालले एक दिने जलविन्दु सचेतना कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा चिकित्सकहरुले जलविन्दु रोगको समयमै उपचार नगरे आँखाको दृष्टि गुम्नेतर्फ पनि सचेत गराएका छन ।


  • follow me on twitter
  • follow me on facebook
फोटो समाचार






मनोरञ्जन सबै
Image

सात पल्ट चलचित्र सुटिङकै लागि फन्को मारेर करिब एक वर्षको स्थलगत अध्ययनपश्चात् सुटिङ पूरा गरेका निर्देशक भट्टराईले चलचित्र झोलामा जस्तो चलचित्र भोरमा कुनै राष्ट्रियस्तरका चिनिएका कलाकारलाई अभिनय गराएका छैनन् । जनकपुरकै स्थानीय मिथिलावासी कलाकारलाई नै अभिनय गराएका छन् ।


भिडियो समाचार