Home / News / समाचार / दुतावासमा ब्रेकफास्ट खुवाएर राजदूत रे ले मधेसी नेतालाई सोधे, मधेस आन्दोलनको तयारी के छ ?

दुतावासमा ब्रेकफास्ट खुवाएर राजदूत रे ले मधेसी नेतालाई सोधे, मधेस आन्दोलनको तयारी के छ ?

Ranjit-re-1चैत १२ । वैशाखदेखि गर्ने भनिएको राष्ट्रव्यापी आन्दोलनको तयारीबारे मधेसी मोर्चाका शीर्ष नेताहरुले दूतावासमै गई भारतीय राजदूत रन्जित रेलाई सम्पूर्ण जानकारी दिएका छन् ।
होली पर्वका अवसरमा राजदूत रेले विहीबार दूतावासमा बोलाएको ब्रेकफास्ट बैठकमा रादजूतको जिज्ञासापछि उनीहरुले त्यसबारे जानकारी दिएका आजको अन्नपूर्णमा समाचार छ ।
बैठकमा सहभागी मोर्चाका एक नेताका अनुसार राजदूत रेलाई अवको आन्दोलन राजधानीकेन्द्रीत हुने र पहाडी जनजातिहरुको समेत सहयोगमा ठूलाठूला प्रदर्शन गर्ने योजना र तयारी रहेको जानकारी दिइएको छ ।
राजदूत रेले ‘तपाईहरुले वैशाखदेखि फेसर प्रारम्भ गर्ने भनेको मधेस आन्दोलनको तयारी बारेमा के हुँदैछ ? भन्ने प्रश्न गरेको मोर्चाका नेताहरुले बताए । राजदूतले मोर्चाका ११ बुँदे मागबारे सरकारसँग भएको प्रगतिको विवरण पनि चाहेका थिए ।

Check Also

नेपाल र जोर्डनबीच श्रम समझदारीपत्रमा हस्ताक्षर

कात्तिक १ । नेपालले जोर्डनमा वैदेशिक रोजगारीका लागि खुला गरेपनि श्रम सम्झौता र समझदारी अहिलेसम्म …

Leave a Reply

Your email address will not be published. Required fields are marked *