स्वास्थ्य

ललितपुरको नख्खुमा सवारी दुर्घटना, एक जनाको मृत्यु

प्रतिकात्मक तस्वीर

ललितपुर । ललितपुरको नख्खुदोबाटोमा सडक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । एक जना घाइते छन् । गतराती साढे ९ बजे ना २ ख ७५८३ नम्बरको कन्टेनरले प्रदेश नम्बर ३-०२-०१८ प ८३६९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक कास्की घर भई ललितपुरको बागडोल बस्ने ३७ वर्षिय गणेशप्रसाद अधिकारीको ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।

मोटरसाइकलको पछाडि बसेका ललितपुर शोभाहिटीका ३२ वर्षका रवि श्रेष्ठ घाइते भएका छन् । उनको नर्भिक अस्पतालमा उपचार जारी छ । कन्टेनर चालक प्रहरी नियन्त्रणमा छन् । काठमाडौं उपत्यकामा दुई पांग्रे सवारी साधन अत्यधिक असुरक्षित बन्दै गएको छ ।