विश्व

अमेरिकाले भन्यो : भारत भ्रमणमा नजानु

काठमाडौं\एजेन्सी । कोरोना भाइरसको दोस्रो भेरियन्टको इपिसेन्टर बनेको भारतमा भ्रमण नगर्न अमेरिकाले आफ्ना नागरिकलाई सचेत गराएको छ । अमेरिकी संचारमाध्ममहरुका अनुसार ट्राभल एड्भाइजरी जारी गर्दै अमेरिकी सरकारले कोरोनाविरूद्धको खोप नलगाएका नागरिकलाई भारत भ्रमणमा नजान भनिएको छ ।

भारत अहिले विश्वमै बढी संक्रमणदर भएको मुलुकमा पर्छ । यहाँ दैनिक करीव तीन लाख मानिसमा संक्रमण पुष्टी भएको छ । यो पनि परीक्षण भएको मानिसमा देखिएको दर हो । परीक्षण नभएको र पहुँच बाहिर ठूलो संख्या रहेको छ । बेलायतले यसअघि नै भारतबाट आएकालाई आफ्नो देशमा प्रवेश निषेध गरिसकेकोछ । खाडी क्षेत्रका अधिकांश मुलुकमा समेत भारतबाट जान रोक लगाइएको छ ।

सोहीकारण कतिपय भारतीय नागरिक नेपालको बाटो हुँदै खाडी गइरहेका छन् । अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोलले अमेरिकी नागरिकलाई भारत यात्रा नगर्न सुझाएको अमेरिकी संचारमाध्यमको भनाई छ । भारत संसारकै अव्यवस्थित शहरहरु भएको मुलुक हो । बढ्दो जनसंख्याका कारण उसले आफ्ना शहरहरुलाई यात्रुमैत्री र सुरक्षित बनाउन सकेको छैन ।