खेलकुद

आइपीएल : चेन्नईले कोलकातालाई हरायो

मुम्बई । इण्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नई सुपर किङ्ग्सले कोलकाता नाइट राइडर्सलाई रोमांचक खेलमा पराजित गरेको छ । चेन्नईले दिएको दुई सय २१ रनको लक्ष्य पछ्याएको कोलकाताले १२ ओभर १ बलमा अलआउट हुनुअघि २ सय २ रन जोड्यो । रनको वर्षा भएको यो खेलमा कोलकाताका लागि प्याट कमिन्सले ३४ बलमा अविजित ६६ रन बनाउँदै अन्तिम बलसम्म प्रयास गरेका थिए ।

आन्द्रे रसेलले २२ बलमा ५४ रन र दिनेश कार्तिकले २४ बलमा ४० रन बनाउँदा कोलकाता जित नजिक पुगेको थियो । चेन्नई सुपर किङ्ग्सका लागि दीपक चाहरले चार विकेट झारे । यसअघि मुम्बईमा टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित ओभरमा तीन विकेटको क्षतिमा दुई सय २० रन बनाएको थियो । चेन्नईका लागि फाफ डु प्लेसीले ६० बलमा अविजित ९५ रनको योगदान गरे । रुतुराज गायकवाडले ६४ रन जोडे ।