स्वास्थ्य

अन्ततोगत्वा अमेरिकाबाट आयो कोरोनाको औषधी

न्युयोर्क

अमेरिकामा फुड एण्ड ड्रग एड्मिनिस्ट्रेसनले कोभिड -१९ का सिकिस्त बिरामीलाई ‘रेमिडिसिभर’ नामक औषधी प्रयोग गर्न स्वीकृती दिएको छ । गिलिएड सायन्स नामक निर्माण कम्पनीले निर्माण गरेको रेमिडिसिभरलाई शुक्रबार एफडिएले स्वीकृती दिएको हो । एफडिएले रेमिडिसिभरलाई कोभिड -१९ का बिरामीको उपचारमा प्रयोग गर्न स्वीकृती दिएसंगै कोभिड उपचारका लागि चिकित्सकहरुलाई निकै सहज हुने बताइएको छ । यस अगाडि कोभिड-१९ का बिरामीको उपचारमा चिकित्सकहरु “क्लिनिकल ट्रायल” को रुपमा बिभिन्न औषधी प्रयोग गरी उपचार गर्दै आएका थिए भने अब चिकित्सकहरुले अस्पातलमा उपचारत  कोभिड बिरामीलाई “रेमिडिसिभर” लाई प्रेस्क्रिप्सनमा लेख्न पाउने छन् ।  यसको मतलब अस्पताल भर्ना भएका प्रत्येक बिरामीलाई भने रेमिडिसिभर सिफरिस गर्न पाईने छैन ।  

यसै हप्ताको सुरुवातमा डक्टर एन्थोनी फुसिले रेमिडिसिभर औषधीको बृहत अध्ययनले कोभिड -१९ का बिरामीलाई छिट्टै निको पार्न सकिने प्रष्ट संकेत देखी सकेको बताएका थिए ।  

रेमिडिसिभरलाई तात्कालिन अवस्थामा ईबोला उपचारको लागि गिलिएड सायन्सले निर्माण गरे पनि ईबोलाको उपचारको लागि उक्त औषधीको परिणाम सकारात्मक देखिएको थिएन । शुक्रबार बिहान गिलिएडका सिईओ डेनियल वोडेले;  “हामी अब भाईरसको लागि तयार छौं” भनेका छन् । रेमिडिसिभरलाई सुरुमा ईन्ट्राभेनस थेराफी (आई भि) मार्फत सिकिस्त बिरामीलाई प्रयोग गरिने वोडेले बताएका छन्   

एफडिएले रेमिडिसिभरलाई स्वीकृती दिनु अगाडि शुक्रबार ह्वाईट हाऊसमा राष्ट्रपति ट्रम्प सहित एफडिए कमिस्नर स्टेफन हाङ औषधी निर्माणकर्ता कम्पनी गिलिएड सायन्सका सिईओ डेनियल  वोडे हेल्थ एण्ड ह्युमन सर्भिस सेक्रेटरी एलेक्स अजर लगायतको मिटिङ भएको थियो ।