स्वास्थ्य

'शरीरमा कीटनासक औषधी छर्कदा स्वास्थ्यमा क्षति'

काठमाडौं । नेपालमा किटाणु मर्छ भन्ने मान्यतासहित शरीरमै कीटनासक औषधी छर्किएको खबर तथा तस्वीरहरु सार्वजनिक हुने गरेका छन् ।

तर यसरी शरीरमा कीटनासक औषधी छर्कनु भने स्वास्थ्यको दृष्टिकोणबाट हानिकारक हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्पष्ट पारेको छ ।

शरीरमा कीटनाशक पदार्थ छर्कदा स्वास्थ्यमा असर गर्ने मन्त्रालयको भनाई छ ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार शरीरमा कीटनाशक पदार्थ छर्किएर कोरोना भाइरस निको हुँदैन ।

उल्टो त्यसले मानव शरीरमा नकारात्मक असर गर्छ । यस्ता किटनाशक झोलमा सोडियम हाइड्रोक्लोराईड र क्लोरिनको मात्रा हुने भएकाले त्यसले शरिरमा हानी पुर्‍याउने उनको भनाई छ । डिसइन्फेक्टहरु सही तरिकाले उपयोग नगर्दा श्वासप्रश्वास सम्बन्धी बिभिन्न समस्या देखिने उनले स्पष्ट पारे ।

नेपालमा निजी क्षेत्रबाट समेत किटाणु मार्ने भन्दै यस्तो झोल छर्कने गरेको पाइन्छ ।