स्वास्थ्य

रामेछापमा स्वास्थ्यकर्मीको टोली चढेको बस दूर्घटना

काठमाडौं । स्वास्थ्यकर्मीसहित यात्रुबाहक बस रामेछापमा दूर्घटनामा परेको छ । बिहीबार राती भएको दूर्घटनामा २ जनाको निधन भएको छ भने १५ जना घाइते छन् ।

कोशिपारी यातायातको बा २ ख ७२४२ नम्बरको बस बिहीबार राति रामेछापको दोरम्बा–६, भष्मेडाँडामा दुर्घटनामा परेको रामेछाप प्रहरीले पुष्टी गरेको छ ।

दुर्घटनामा दोरम्बा–६ का हरिबहादुर कार्की र उद्धव गौतमको मृत्य भएको प्रहरीले जानकारी दिएको छ । दूर्घटनामा परी घाइते अवस्थामा धुलिखेल अस्पताल ल्याइएका उनीहरुको अस्पतालमै ज्यान गएको हो ।

दुर्घटनामा परी १५ जना घाइते छन् । उनीहरुको धुलीखेल अस्पतालमा उपचार जारी रहेको प्रहरीको भनाई छ । प्रहरीका अनुसार बसमा स्वास्थ्य शिविर चलाउन हिडेको चिकित्सकको टोली पनि थियो ।

उनीहरुको साथमा औषधिसमेत थियो । प्रहरीका अनुसार घाइतेको नाम अझै खुलिसकेको छैन । दूर्घटनापछि बसका चालक र सहचालक भागेका छन् ।