स्वास्थ्य

बहुउपयोगी चुकन्दर (बिट्स) ब्लड प्रेसर घटाउन अचुक औषधि

चुकन्दरको जरालाई साधारण तया चुकन्दर (बिटस) भनेर बुझिन्छ । संसारभर अधिकांसको भान्सामा प्रयोग हुने तरकारी हो चुकन्दर । चुकन्दरमा आवस्यक भिटामिन, खनिज र बिरुवाका योगिकहरु प्रसस्त हुन्छन ।साथ साथै चुकन्दरलाई कतिपय समय औषधिको रुपमा पनि प्रयोग गर्न सकिने मात्र होईन यसको जरा स्वादिलो पनि हुन्छ। चुकन्दरका फाईदा यस्ता छन् –
१) थोरै क्यालोरी भित्र प्रसस्त पौस्टिक पदार्थ र महत्वपूर्ण भिटामिन भएको बनस्पति हो चुकन्दर । मानब शरीरका लागि अत्यावस्यक प्राय सबै भिटामिन बिट्सबाट प्राप्त हुन्छ । ३ दशमलब ५ आउन्स ( १०० ग्राम ) पाकेको चुकन्दरबाट निम्न परिणाममा मानब शरीरका लागि आबस्यक पदार्थ प्राप्त हुन्छ ।
क ) क्यालोरी -४४
ख ) प्रोटिन -१ दशमलब ७ ग्राम
ग ) फ्याट-  दशमलब २ ग्राम
घ ) भिटामिन सी – आर डि आईको ६ प्रतिशत
ङ) फ़ोलट – आर डि आईको २० प्रतिशत
च ) भिटामिन बि ६ -आर डि आईको ३ प्रतिशत
छ ) म्याग्नेसियम – आर डि ईको ६ प्रतिशत
ज ) पोटासियम -आर डि आईको ९ प्रतिशत
झ ) फोस्परस – आर डि आईको ४ प्रतिशत
ञ) म्यग्निज- आर डि आईको १६ प्रतिशत
ट ) आईरन -आर डि आईको ४ प्रतिशत

२ ) मुटु रोगलाई उपयोगी

बर्तमान विश्वमा मुटु सम्बन्धि रोगहरु हर्ट एट्याक, हर्ट फेलर र स्ट्रोकले अधिक मानिसको ज्यान लिने गरेको छ । यी रोगहरुलाई निम्त्याउने कारक समस्या भनेको उच्च रक्तचाप नै हो । चुकन्दर ९ बिट्स ० उच्च रक्तचाप नियन्त्रण गर्ने अचुक बस्तु मानिन्छ । विभिन्न अनुसन्धानहरुका अनुसार बिट्स खाएको केही घण्टा भित्र नै ४ देखि १० एम एम एच जीसम्म रक्त चाप कम हुने गरेको देखिएको छ । बिट्सको नियमित सेवनले रक्तचाप नियन्त्रणमा आउने गर्दछ । अझै काँचो बिट्स खाँदा छिटो यसले असर गर्दछ । बिट्समा धेरै मात्रामा नाइट्रेट हुने भएको र नाईट्रेटले उच्च रक्तचापलाई घटाउने भएको कारण बिट्सको नियमित सेवनले उच्च रक्तचापका बिरामीलाई फाईदा पुर्याउने गर्दछ । उच्च रक्तचाप नियन्त्रणमा आए पछि हर्ट एट्याक, हर्ट फेल र स्ट्रोकबाट बच्न सकिन्छ ।

३) खेलाडीका लागि उपयोगी
शरीरमा नाईट्रेटले खेलकुदको लागि दक्षतामा वृद्धि गर्दछ । खेलाडीहरुका लागि बिट्स अत्यन्त लाभदायक छ । शरीरमा हुने कोसहरुमा शक्ति उत्पादन गर्न नाईट्रेटले मद्धत गर्ने हुँदा बिट्स खेलाडीको लागि ज्यादै राम्रो बस्तु मानिन्छ । किनकि बिट्समा नाईट्रेटको मात्रा अधिक हुन्छ । दैनिक ५०० मिलि लिटर बिट्सको रस सेबन गर्दा ६ दिन पछि नियमित भन्दा १५ देखि २५ प्रतिशत धेरै समय ब्यायम गर्ने शक्ति प्राप्त हुने एक अनुसन्धानले देखाएको छ । साइक्लिङ गर्न, दौडिन र फुटबल खेल्ने, हाईकिङ्ग गर्नेहरुका लागि बिट्स अत्यन्त लाभदायक मानिन्छ ।

४) शरीर सुन्निनेहरुका लागि उपयोगी
धेरै लामो समयदेखि शरिर सुन्निएकाहरुका लागि बिट्स उपयोगी छ । बिबिध रोगहरुको कारणले शरीर सुन्निएका मानिसले नियमितरुपमा बिट्स खाने गर्यो भने फाईदा पुग्ने अनुसन्धानहरुले बताएकोछ । बिट्समा बेटालाईन्स नामक एक प्रकारको रंग हुने गर्दछ । त्यहि बेटालाईन्सले शरीरमा सुन्निने तत्व बिरुद्धका गुणहरु उत्पादन गर्दछ । मुसा माथि परिक्षण गरेर उक्त गुण पत्ता लगाईएको हो । साथै हाडमा जोर्नी सुन्निएका केही मानिसलाई बिट्सको जराबाट बनाईएका क्याप्सुल खुवाईएर गरिएको एक परिक्षणमा ति मानिसहरुलाई बिस्तारै दुखाई कम हुदै गएको र सजिलो हुदै गएको थियो ।

५) पाचन शक्तिमा वृद्धि
बिट्समा प्रशस्त मात्रामा फाईबर हुन्छ । एक कप बिट्समा ३ दशमलब ४ ग्राम फाईबर हुन्छ । फाईबरको कारणले खानेकुरा राम्रोसँग पच्न्ने गर्दछ । साथै बिट्सले कब्जियत, पेट फुल्न्ने रोगलाई समाप्त पारेर कोलोन समेत सफा गर्दछ । साथै बिट्समा भएको फाईबरले कोलोन क्यान्सर, मुटु रोग र टाईप टु डाईबेटिज समेतलाई निकै फाईदा पुर्याउदछ ।

६) स्वस्थ मस्तिस्कको लागि फाईदा पुर्याउँछ
मानिसको उमेर अनुसार स्मरण शक्तिमा ह्रास आउने गर्दछ । मस्तिस्कमा रगत र अक्सिजनको बहाब कम हुदै जाँदा शरीरमा स्मरण शक्तिमा ह्रास आउने गर्दछ । तर अचम्म लाग्दो कुरा बिट्समा भएको नाईट्रेटको सेबनले रक्त कोशीकाहरु खुला हुने र दिमागसम्म रक्तसंचार सजिलोसंग हुने गर्दछ भने दिमागसम्म अक्सिजनको मात्र पर्याप्त मात्रामा पुग्दछ । बिट्सको सेबनले दिमागको अगाडिको भागमा सजिलोसंग रक्तसंचार हुने हुँदा व्यक्तिको निर्णय क्षमतामा समेत वृद्धि हुने गर्दछ ।

७) शरीरको तौल घटाउन मद्दत पुग्छ
बिट्समा थुप्रै पोषण तत्वहरु हुन्छन जस्ले शरीरको तौल घटाउन मद्दत गर्दछ । बिट्समा थोरै क्यालोरी र धेरै पानी हुने हुँदा यसले तौल घटाउँछ । बिट्समा ठिकै मात्रामा प्रोटिन पनि हुने र फाईबर पनि हुने हुँदा यसले शरीरको तौलमा ह्रास ल्याउछ ।

(यो सामग्री हेल्थ लाईन डट कमबाट साभार गरिएको हो)