स्वास्थ्य

नेपालमा बढ्यो कोरोना परिक्षणको दायरा

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमण परीक्षणको दायरा बढेको छ ।सरकारले लक्ष्यित समूह र स्थानलाइ सिल गरि कोरोना परिक्षण बढाइएको हो ।

स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार बिहिबार टिचिङ अस्पताल र कालिमाटी तरकारी बजारमा नमुना परिक्षण गरिएको छ ।मन्त्रालयका अनुसार नेपालमा पीसीआर विधिबाट मात्र बिहिवारसम्म साढे २२ हजार वटा नमुना परीक्षण गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ३ सय ६३ परिक्षण भएको छ ।अहिलेसम्म २२ हजार ६ सय ६४ वटा पीसीआर परीक्षण भएको मन्त्रालयका सहसचिब डा बिकास देवकोटाले जानकारी दिए ।

उनका अनुसार सरकारले परीक्षणको दायरा बढाउँदै लगेको छ बिहीबार नेपालमा तीन जनामा कोरोना संक्रमण देखिएको छ ।यससङ्गै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या २४६ पुगेको छ ।सङ्क्रमितमध्ये १ सय ९८ पुरुष र ४८ महिला छन् ।संक्रमितमध्ये ३५ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।