फिचर

आयल निगमको अमलेखगञ्ज डिपो बन्द गर्न स्थानीयको माग

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमणको जोखिम रहेको भन्दै नेपालमा सबैभन्दा धेरै पेट्रोलियम पदार्थ आउने अमलेखगञ्ज डिपो बन्द गर्न स्थानीयले माग गरेका छन् ।
प्रदेश नम्बर २ स्थित नेपाल आयल निगमको अमलेखगञ्ज डिपो बन्द गर्न स्थानीयवासिन्दाले माग गरेका हुन् । यहाँ स्थानीयबाट अवरोध भएको भन्दै निगमले भने सरकारसँग सुरक्षा माग गरेको छ । 

निगमको प्रादेशिक कार्यालयल अमलेखगञ्जले बुधबार केही स्थानीबासीहरुले अवरोध सिर्जना गर्ने, धम्की दिने र बाहिरबाट आएका चालक तथा सह चालकहरुलाई समेत अवरोध गर्ने जस्ता कार्य गरेकोमा गम्भिर ध्यानाकर्षण भएको उल्लेख गरेको छ । निगमले आवश्यक सुरक्षा प्रबन्ध गरिदिन सरकारसँग माग गरेको हो ।

अमलेखगञ्ज देशभरीकै पेट्रोलियम पदार्थ माग धान्न सक्ने गरी बनाइएको पाइपलाईनको डिपो हो । यस्तो विषम् परिस्थितिमा पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि सहयोग गरिदिन समेत निगमले जनाएको छ ।

अमलेखगन्जबाट विराटनगर, भैरहवा, पोखरा र केन्दीय राजधानी काठमाडौंमा पेट्रोलियम पदार्थ वितरण हुन्छ ।