समाचार

विश्वका करिव ६० मिलियन मानिस कोरोना महामरीको कारण अति नै गरीब हुने विश्व बैंकको प्रक्षेपण

न्युयोर्क      

कोरोना भाइरसको मारले विश्वका ६ करोड भन्दा धेरै मानिस अति गरिबीको चपेटामा पर्ने प्रक्षेपण विश्व बैंकले गरेको छ । अति गरिब मुलुकहरुलाई ऋण तथा अनुदान उपलब्ध गराउदै आएको विश्व बैंकले भनेको छ; ‘महामारीको कारण विश्वमा ठुलो असमानता हुनेछ भने सन् १९९८ पछि कै विश्वब्यापी गरिवी उत्पन्न हुने छ’ ।

विश्व बैंकले २० मे बुधबार प्रकाशित ब्लग पोस्टमा थप भनेको छ; ‘कोरोना महामारीका कारण विश्वका ४ देखि ६ करोड मानिसले गरिबिको सामना गर्ने छन् । जस मध्ये ४ करोड नब्बे लाख मानिसको अवस्था अति गरीबी हुने छ । उनीहरु १ डलर ९० सेन्ट भन्दा कम आम्दानीको भरमा जिबिकोपार्जन गर्न वाध्य हुने छन्’ ।

आप्रबासी कामदारका रुपमा विश्वभर कामका लागि गएका कामदारहरुले महामारीका कारण काम गुमाउने क्रम सुरु भएको र ती कामदारहरुले घर पठाउने रेमिट्यान्समा झन्डै २० प्रतिशत अर्थात एक सय अर्ब डलर कम हुने समेत विश्व बैंकको प्रक्षेपण छ । विश्व बैंकले अफ्रिकाका ३९ देशहरुका दुई करोड ३० लाख, दक्षिण एसियाका भारत, चीन लगायतका करिव १ करोड ६० लाख मानिस अति गरीब हुने प्रक्षेपण गरेको छ । विश्व बैंकले हालै सय वटा बिकासोन्मुख देशहरुलाई कोरोना बिरुद्धको लडाईंका लागि १६० अर्ब अमेरिकी डलर अनुदान सहयोग दिएको छ ।
(विश्व बैकको ब्लग पोस्ट अनुसार तयार पारिएको रिपोर्ट)