विश्व

पाकिस्तानको कराँचीमा यात्रुवाहक विमान दुर्घटना

काठमाडौं । पाकिस्तानको कराँचीमा एक विमान दुर्घटना भएको छ । पाकिस्तानको कराँची एयरपोर्टमा ल्याण्ड गर्ने क्रममा राष्ट्रिय एयरलाइन्स कम्पनी पीआईएको विमान दुर्घटना भएको हो ।

उक्त विमानमा ९१ यात्रु र ८ जना चालकदलका सदस्य रहेको बीबीसीले जनाएको छ ।

घटनास्थलमा धुवाँ उडेको देखिएको थियो । दुर्घटनामा मृत्यु हुने र घाइते हुनेको विवरण आएको छैन ।

जिन्ना इन्टरनेशनल विमानस्थल नजिकै भएको दुर्घटना भएको विमानमा प्राविधिक समस्या आएको बताइएको छ । विमान दुर्घटनाका केही तस्बिरहर सार्वजनिक भएका छन् । विमान खसेको घरमा आगलागी भएको छ ।

कयौं घरबाट धुँवा निस्किरहेका छन् । पाकिस्तानी सञ्चार माध्यमहरुका अनुसार कयौं परिवार यी घरहरुमा फसेका छन् । दुर्घटनाबाट भएको मानवीय क्षतिबारे विस्तृत विवरण आइसकेको छैन ।