स्वास्थ्य

काठमाडौंमा एक सहित ३२ सङ्क्रमित थपिए

काठमाडौं । काठमाडौंमा एक सहित शनिबार नेपालमा ३२ कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार बिहान गरेको अपडेट अनुसार कपिलवस्तु, सर्लाही, रुपन्देही, काठमाडौंलगायतका जिल्लामा कोरोना संक्रमित भेटिएका हुन् ।

यो सँगै कोरोना संक्रमितको संख्या ५ सय ४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कुल संक्रमितमध्ये हालसम्म ७० जना उपचारपछि निको भएका छन्। संक्रमण देखिएका मध्ये ३ जनाको निधन भएको छ। पछिल्लो केही दिन यता औसत ५० भन्दा बढी बिरामी थपिएका छन् ।