फिचर

कर्मचारी सञ्चय कोषले ल्यायो सापटी सेवा

काठमाडौं । कोरोना भाइरसको संक्रमण फैलिएसँगै मुलुकमा लकडाउन जारी छ । लकडाउनपछि बन्द रहेका कर्मचारी संचय कोषका सेवा अब शुरु हुने भएका छन् । अहिलेलाई विशेष सापटी सेवा अनलाइनमार्फत लिन सकिने गरी सञ्चालन गर्ने लागिएको कोषले जनाएको छ । कोरोनाका कारण ११ चैतदेखि सरकारले लकडाउन शुरु गरेको हो । त्यसपछि कोषका सबै सेवा बन्द थिए । अब आइतबारदेखि अनलाइनमार्पmत विशेष सापटी सेवा सञ्चालन गर्ने तयारी गरिएको कोषले जनाएको छ ।

लकडाउनका कारण यातायात र हिँडडुलमा भएको असहज अवस्थालाई मध्यनजर गर्दै घर तथा कार्यालयमै बसेर सरल, सहज र प्रभावकारीरूपमा सेवा उपलब्ध गराउने उद्देश्यअनुरुप अनलाइन विशेष सापटी सेवा शुरु गरिएको कोषले जनाएको छ ।

हाललाई यो सेवा विशेष सापटी लिन योग्यता पुगेका र केवाइसी अपडेट गरेका सञ्चयकर्ताले प्राप्त गर्न सक्नेछन । त्यसका लागि सञ्चयकर्ताले कोषको वेबसाइटमा गएर प्राप्त निर्देशनअनुसार अनलाइन फाराम भरेर त्यससँगै विशेष सापटीको आवेदन फाराम भरी स्क्यान कपी अपलोड गरेर पठाउनुपर्ने हुन्छ ।
कोषले उक्त आवेदन फारामलाई रुजु गर्छ र सो गरिसकेपछि सम्बन्धित सञ्चयकर्ताको बैंक खातामै रकम जम्मा गरिदिनेछ । कोषले कोभिड–१९ का कारण हाल बन्द रहेका अन्य सेवासमेत क्रमशः सञ्चालनको तयारीसमेत पूरा गरेको छ ।
लकडाउन खुकुलो हुनेबित्तिकै कोषका कार्यालयमार्पmत सुरक्षितरूपमा कोषका अन्य सेवा प्रवाह हुनेगरी तयारी गरिएको कोषले जनाएको छ ।