विश्व

बिरामी पितालाई ७ दिन साईकलमा राखेर घर पुर्याउने ज्योतीको गरिन् ट्रम्प पुत्री ईभान्काले खुलेर प्रसँसा

अमेरिकाको राष्ट्रपति डोनाल्ड ट्रम्पकी सुपुत्री तथा ह्वाईट हाऊस सल्लाहकार ईभान्का ट्रम्पले भारतस्थित १५ बर्षीया एक बालिकाको प्रसँसा गरेकी छिन् । भारत बिहारको दरभंगा घर भएकी ज्योती पासवानले आफ्नो घाईते पितालाई गूडगाँऊदेखि दरभंगाको आफ्नो घरसम्म एक्लै साइकलमा १२ सय किलोमिटर तय गर्दै पुर्याएको खबर पछि राष्ट्रपति ट्रम्प पुत्री ईभान्काले ट्विटर् मार्फत प्रसँसा गरेकी हुन । ईभान्काले गत २२ तारिख ज्योतीको प्रसँसा गर्दै आफ्नो ट्विटरमा लेखेकी छिन् “१५ बर्षीय ज्योती कुमारीले आफ्नो घाईते पितालाई ७ दिन लगाएर १२ सय  किलोमिटर लामो बाटोमा साईकलमा राखेर आफ्नो गाउँको घर पुर्याएकी छिन् । यो सहनसिलता र आफ्ना प्रतिको प्रेमको एउटा ठुलो उदाहरण हो । यसले भारतीयहरुको भावनालाई प्रस्ट पार्दछ” ।

ज्योती कोरोनाको कारण लकडाउन सुरु हुनु भन्दा केही अगाडि बिहारदेखि गूडगाँऊमा रिक्सा चालक आफ्ना पितालाई भेट्न पुगेकी थिईन । केही दिनमा उनको पिता रिक्सा चलाऊने क्रममा दुर्घटनामा परि घाईते हुन पुगे र लगडाउन पनि सुरु भयो । ज्योतीले भने लकडाउन कै बीच घुँडामा चोट लागेका पितालाई साईकलमा राखेर घर पुर्याएको समाचार भारतीय संचार माध्यममा ब्यापक भए पछी ईभान्काले उनको प्रसँसा गरेकी हुन ।  

ज्योतीको हौसलाका कारण साईक्लिङ फेडरेसन अफ ईन्डियाले उनलाई ट्रायलको लागि बोलाई सकेको छ । यदि उक्त ट्रायल सफल भएमा ज्योतिले नि:शुल्क रुपमा नेशनल साईक्लिङ एकेडेमीमा तालिम लिने सौभाग्य प्राप्त गर्ने छिन् ।  

एजेन्सी