विश्व

उहान ल्याबकी डाईरेक्टर भन्छिन्; ल्याबमा तीन प्रकारका जीवित कोरोना भाइरस छन (भिडियो अन्तर्वार्ता)

उहान ईन्स्टिचुट अफ भाईरोलोजीको ल्याबमा भएको तीन भिन्न प्रकारका कोरोना भाईरसहरु हाल महामारीको कारक बनेको कोभिड -१९ सँग मेल नखाने प्रतिस्ठानकी एक डाइरेक्टरले बताएकी छिन् । उहान ईन्स्टिचुट अफ भाईरोलोजीकी डाइरेक्टर वाङ यानयीले एक राष्ट्रिय टेलिभिजन अन्तर्वार्ता मार्फत अमेरिकी राष्ट्रपति डोनाल्ड  ट्रम्पको उहान ल्याबबाट कोभिड -१९ बाहिरिएको लगातारको आरोप पछि भनेकी छिन्; ‘उहान ल्याबमा भएका तीन प्रकारका कोरोना भाईरस मध्ये कोभिड -१९ सँग अधिकतम समानता भएको भाईरस ७९ दशमलब ८ प्रतिशत मात्र समान छ ।

पश्चिमा मुलुकहरुको लगातार भाईरस चीनले योजनाबद्दरुपमा जैबिक हतियारका रुपमा निर्माण गरेको शंका र आरोप पछि प्रतिष्ठानकी डाइरेक्टर यानयीको अन्तर्वार्ता बेजिङ्स्थित राष्ट्रिय टेलिभिजन चाईना ग्लोबल टेलिभिजन नेटवर्कबाट प्रसारण भएको हो । गत मेई १३ तारिख १० दिन अगाडि नै रेकर्ड गरिएको उक्त अन्तर्वार्ता २३ तारिख शनिबार प्रसारण गरिएको थियो ।  अन्तर्वार्तामा डाईरेक्टर यानयीले कोभिड -१९ भाईरस उहानको प्रयोगशालाबाट निकालिएको आरोप तथा शंकालाई ‘विशुद्ध बनावटी कुरा’ भन्दै उहान ल्याबले पहिलो पटक अन्जान प्रकृतिको निमोनिया भएको भाईरसको नमुना गत साल डिसेम्बर ३० का दिन फेला पारेको र त्यस पछि त्यो रोगजनक नमुनालाई जाँच गर्दा नयाँ प्रकृतीको कोरोना भाईरस फेला परेको हो । जुन कोरोना भाईरसलाई अहिले SARS- COV -2 भनिन्छ । यो नै अहिले कोभिड -१९ को नाम ले चिनिन्छ । त्यो भन्दा पहिले कहिले पनि त्यो भाईरसलाई नदेखेको र थाहा नपाएको यानयीले टेलिभिजन अन्तर्वार्तामा दाबी गरेकी छिन् । 

(चाईना ग्लोबल टेलिभिजन नेटवर्कले गरेको कुराकानीको आधारमा तयार पारिएको रिपोर्ट)