समाचार

नेपालमा ७ थप जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६८२

काठमाडौं । नेपालमा ७ थप जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले उक्त जानकारी दिएका हुन्।

भेरीमा गरिएको परीक्षणमा कोरोना देखिनेमा बर्दियाको गुलरियका-१० मा २२ र २४ वर्षीय पुरुषहरु, गुलरिया -२ का १८ वर्षीय पुरुष रहेका छन् ।

त्यसैगरी नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा पर्साका जिराभवानी गाउँपाकाका एक १८ वर्षीय पुरुष र काठमाडौै स्थायी घर भई कलैयामा कार्यरत २८ पुरुषमा कोरोना देखिएको हो ।

सोमबार बिहान ७२ जना कोरोना संक्रमित थपिएका थिए । हालसम्म देशभर कोरोना संक्रमितको संख्या ६८२ पुगेको छ ।