समाचार

महामारी बीच नै अमेरिकाको दुई राज्यमा गोली प्रहारबाट एकै रात १४ को मृत्‍यु २४ घाईते

न्युयोर्क

अमेरिकामा कोरोना महामारी जारी नै छ ।  दैनिक पाँच सयदेखि एक हजारको अनुपातमा मानिसहरुको मृत्‍यु भै रहेको छ ।  दैनिक हजारौ संक्रमित बढी रहेका छन् ।  कोरोना महामारीको संकट सुरु हुने बित्तिकै बन्दुक खरिद गर्न हतियार पसलमा भिड लागेको अमेरिकामा गोली प्रहारका समाचार पनि बढ्न थालिएको छ ।

अमेरिकाको सेन्ट लुईस राज्यको मिजौरी क्षेत्रमा मेमोरियल डेको सप्ताहन्त आईतबार एकै रात भएको गोली प्रहारका फरक फरक घटनामा ५ जनाको मृत्‍यु भएको छ भने ९ जना भन्दा धेरै घाईते भएका छन् ।

कोटी ब्रिइलान्टीको ५३०० ब्लकमा ३६ बर्षीय रोबर्ट क्यानोन राती ९ बजे तिर गोली लागेर  मृत अवस्थामा भेटिए । त्यसको ३० मिनेट पछि १५ बर्षीय मलिक भ्यालीलाई ईभान्सको ३९०० ब्लकमा गोली प्रहार भयो । घाईते अवस्थामा अस्पताल पुर्याइएका मलिकको केही समय पछि मृत्‍यु भएको थियो । केहीबेर अगाडिदेखि बन्दुकसँग खेली रहेका आफ्ना साथीहरुले पड्काएको गोली लागेर मलिकको मृत्‍यु भएको सेन्ट लुईस मेट्रोपोलिटन प्रहरी डिपार्टमेन्टले जनाएको छ ।  

त्यसैदिन मध्यरात पछि अन्दाजी ५० बर्षको देखिने एक ब्यक्तीलाई गाडी चलाईरहेको अवस्थामा थुप्रै पटक गोली लाग्दा उनले अनियन्त्रित भई जेफ -भेण्डर -लु क्षेत्रको एक बिजुलीको पोलमा लगेर गाडी ठोकेर घाईते अवस्थामा भेटिएका थिए । पछि उपचारको क्रममा उनको मृत्‍यु अस्पतालमा भएको सेन्ट लुईस पोस्ट -डिस्प्याचले जनाएको छ ।  

आईतबार बिहान साँढे तीन बजे सेन्ट लुईस डाऊन टाऊनमा २१ बर्षीय जेम्स ज्याक्सनको गोली प्रहारबाट हत्या गरियो । सोही घटनामा २२ बर्षीय अर्का एक ब्यक्ती गम्भिर घाईते भएर अस्पतालमा उपचारत छन् । गोली प्रहारको उक्त घटना सेन्ट लुईस डाऊन टाऊनको एक ग्यास स्टेसनमा घटेको थियो ।  

आईतबार बिहानै सेन्ट लुईसस्थित होडियामोण्टको १३०० ब्लक नजिकै ४३ बर्षीय अर्को एक ब्यतीको गोली प्रहार गरी हत्या गरियो ।  

सोही रात सेन्ट लुईस शहरको फरक फरक गोली प्रहारका घटनामा ७ जना घाईते भएका छन् ।  

सेन्ट लुईसमात्र होईन सिकागोमा पनि यो सप्ताहन्त गोली प्रहारका थुप्रै घटना घटे । मेमोरियल डेको सप्ताहन्त सिकागोमा सोमबार बिहानसम्म ९ जनाको मृत्‍यु र १७ जना घाईते भएको समाचार छ ।