समाचार

जापानले कोरोना संक्रमणको राष्ट्रिय संकटकाल हटायो

टोकियो

जापानमा कोरोना भाईरस पछि लगाईएको संकटकाल अन्त्य गरिएको छ । प्रधानमन्त्री मन्त्री सिन्जो अबेले ८ सय ५१ जनाको मृत्‍यु पछि जापानमा लगाइएको राष्ट्रिय संकटकाल हटाईएको घोषणा गरेका छन् । जापानमा राष्ट्रिय संकटकाल लगाईए पनि लकडाउन बिना नै कोरोना नियन्त्रण गरिएको थियो ।  

सोमबार पत्रकार सम्मेलनमा प्रधानमन्त्री अबेले भने; “मैले राष्ट्रिय संकटकालको अन्त्य गर्ने निर्णय गरे । एक महिना आधामा हामीले संक्रमणलाई नियन्त्रण गर्न सफल भयो र लगभग परिस्थिती नियन्त्रणमा आयो” पत्रकार सम्मेलनमा प्रधानमन्त्री अबेले थपे; “संकटकाल हटाईए पनि भाईरससँगको हाम्रो लडाईं निरन्तर जारी नै छ । जापानबासी सबैले नियमित रुपमा सामाजिक दुरी कायम गर्नु पर्ने छ” ।

जापानमा सोमबारसम्म १६ हजार ६ सय २८ जना संक्रमित भएर १३ हजार ६ सय १२ जना निको भएका छन् भने ८ सय ५१ जनाको ज्यान गएको छ । एक करोड ४० लाख मानिस बसोबास गर्ने राजाधानी टोकियो कोरोना संक्रमणको केन्द्र बनेको थियो ।  टोकियोमा सोमबार जम्मा ८ वटा नयाँ संक्रमण देखिएको जनाईएको छ । संकटकाल हटाईए पनि सरकारी स्वास्थ  अधिकारिहरुले जनतालाई मास्क लगाएर हिंड्न सामाजिक दुरी कायम गर्न र सम्भव भएसम्म घरमा नै बसेर काम गर्न प्रोत्साहन गरी रहेका छन् ।