स्वास्थ्य

क्वारेन्टाइन व्यवस्थापनमा खटिएका वडा अध्यक्षको ज्यान गयो, कोरोना परिक्षण हुँदै

 कन्चनपुर । कञ्चनपुरमा क्वारेन्टाइन व्यवस्थापनमा खटिएका वडा अध्यक्षको ज्यान गएको छ । कृष्णपुर नगरपालिका वडा नम्वर ७ का अध्यक्ष कल्लु रानाको मंगलबार राति ज्यान गएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पुष्टि गरेको छ ।

उनी आफ्नै वडामा रहेको राष्ट्रिय माविमा क्वारेन्टाइन व्यवस्थापनमा जुटेका थिए । काम गर्दागर्दै एक्कासी बेहोस भएका उनलाइ सेती प्रादेशिक अस्पतालमा पुर्याएपछि मृत घोषणा गरिएको थियो । उनी ५८ वर्षीय हुन् ।

अब उनको कोरोना परिक्षण गरिदैछ । पछिल्लो समय नेपालमा कोरोना आशङ्का नहुदै धेरै बिरामीको ज्यान गइरहेको छ ।