समाचार

न्युयोर्कका बिद्यालयमा पढ्ने विद्यार्थीलाई प्रति महिना ४२० डलरको कार्ड घर घरमा आउँदै

न्युयोर्क

जुन महिनादेखि न्युयोर्क सहरमा आबद्ध विद्यार्थीका परिवारले प्रति महिना ४ सय २० डलरको फुड कार्ड प्राप्त गर्ने भएका छन् ।  बिद्यालय बन्द रहेको अवस्थामा बच्चाहरुको खानामा मद्धत गर्ने उदेश्यले उक्त फुड कार्ड उपलब्ध गराउन लागेको जनाएको छ । प्रति दिन ५ डलर ७० सेन्टको दरमा बिद्यालय बन्द भएको मिति मार्च १६ देखि यो बर्षको बिद्यालय क्यालेन्डरको मितिसम्म हिसाब गरेर  फुड कार्ड हरेक विद्यार्थीको ठेगानामा आउने छ ।

यो सुबिधा प्राप्त गर्न कुनै पनि नयाँ दरखास्त दिनु पर्ने छैन । सुबिधा बिद्यालयमा भएको विद्यार्थीको अभिलेख अनुसार आउने छ । न्युयोर्क शहरमा अध्यनरत करिब ११ लाख विद्यार्थीलाई न्युयोर्क सिटी प्रशासनले नि:शुल्क खाना उपलब्ध गराउँदै आएको छ । यो कार्यक्रम अन्तर्गत करिव ११ लाख विद्यार्थीले यो रकम प्राप्त गर्ने छन् भने ८८ करोड अमेरिकी डलर पेण्डामिक ईलोक्ट्रोनिक बेनिफिट ट्रान्सफर कार्यक्रम अन्तर्गत रकम बिनियोजन हुने छ ।