समाचार

ललितपुर लुभूका प्रहरी इन्चार्जको मृत्यु

काठमाडौं । ललितपुर महानगरीय प्रहरी प्रभाग लुभूका इन्चार्ज टेकबहादुर माझीको अकस्मात निधन भएको छ । शनिबार बिहान अल्का अस्पतालमा इन्चार्ज प्रहरी नायब निरीक्षक (सई)को निधन भएको प्रहरीले पुष्टी गरेको छ । उनको उपचाको क्रममा मृत्यु भएको हो । शुक्रबार अकस्मात स्वास्थ्य समस्या आएपछि उनलाई पाटन अस्पताल लगिएको थियो। पाटनमा आइसियू खाली नभएको भन्दै उनलाई अल्का अस्पतालमा रिफर गरिएको हो ।

सई माझीलाई कार्यालयमै बान्ता भएको थियो । त्यसपछि उनी बेहोस भएका थिए। त्यसक्रममा उनको टाउकोमा रगत जमेको बताइएको छ । त्यसपछि राती उनको अपरेसन गरिएको हो । तर अपरेसन सफल हुन सकेन । उनी रामेछापका स्थायी बासिन्दा हुन् ।