स्वास्थ्य

कपिलवस्तुमा थपिए ७७ संक्रमित, प्रदेश नं ५ सबैभन्दा बढी जोखिममा

बुटवल । प्रदेश नं ५ को कपिलवस्तुमा शनिबार थप ७७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । महाराजगञ्ज नगरपालिकामा १६ वर्षदेखि ४५ वर्षसम्मका ३३ जना पुरुष, कृष्णनगर नगरपालिकाका १८ वर्षदेखि ४५ वर्षसम्मका १६ जना पुरुष, यशोधरा गाउँपालिकाका १६ वर्षदेखि ४८ वर्षसम्मका २६ जना पुरुष र २५ र १९ वर्षका दुई जना महिलामा कोरोना पुष्टी भएको हो । जिल्ला जनस्वास्थ्य कार्यालय कपिलवस्तुले थप संक्रमित बारे पुष्टी गरेको हो ।

अब कपिलवस्तुमा मात्र कोरोना संक्रमितको संख्या २ सय ६५ पुगेको छ । यो जिल्लामा भएको संक्रमणको बढ्दो दरले प्रदेश नं ५ सबैभन्दा बढी जोखिमयुक्त जिल्लामा परेको छ । यसअघि शनिबार नै दैलेखमा १२ जनामा कोरोना पुष्टी भएको थियो । अहिले नेपालमा औसतः एक सय भन्दा माथिको दरले हरेक दिन बिरामी थपिएका छन् ।