फिचर

जुवाडे व्यापारी ५ दिन हिरासतमा

फाइल तस्वीर

काठमाडौं । सोमबार राती जुवाको खालबाट पक्राउ परेका व्यवसायी–व्यापारीलाई ५ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ । महानगरीय प्रहरी वृत्त, दरबारमार्गले पक्राउ परेका ८ जना व्यवसायीलाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति पाएको हो ।

मुलुकी अपराध संहिताको जुवा सम्बन्धी कसूरमा अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय, काठमाडौंले प्रहरीलाई अनुमति दिएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले अनुसन्धानका लागि ५ दिनको समय उपलब्ध गराएका हु्न । प्रहरीले गत राती कमलादीस्थित गगौंर होटलबाट जुवा खेलिरहेका व्यापारी–व्यवसायीलाई पक्राउ गरेको हो ।

जुवाको खालबाट रामचन्द्र सांघाइ, अशोक अग्रवाल, पुरुषोत्तम अग्रवाल, सुरेश अग्रवाल, गोविन्द अग्रवाल, नन्द शर्मा, विमल खेतान, विमल आउजा र निक्की जोगाइ पक्राउ परेका हुन् । उनीहरु नेपालका चिनिएका व्यापारिक घरानाका संचालक तथा उच्च पदस्थ व्यक्ति हुन् । क्यासिनो शैलीमा जुवा खेलिरहेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् ।