विश्व

कोरोनाबाट ज्यान गुमाउने मानिसको संख्या विश्वभर करीव ४ लाख

काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण विश्वभर ज्यान गुमाउने मानिसको संख्या करीव ४ लाख पुगेको छ । बुधबार बिहानसम्मको तथ्यांक अनुसार संसारभर ३ लाख ८१ हजार ७०९ ले ज्यान गुमाइसकेका छन् । यसमा नेपालमा ८ जनासमेत थपिएका छन् । ५ महिना अगाडी पहिलो पटक चीनमा देखिएको कोरोना भाइरसको महामारीले विश्वभर ६४ लाख ७३ हजारभन्दा बढी मानिसलाई संक्रमित बनाएको छ ।

यसमा नेपालका २१ सय मानिस रहेका छन् । विश्वका २१३ मुलुक र २ पानीजहाजमा गरि ६४ लाख ७३ हजार ६९० जना संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा १ लाख १० हजार ४९४ जना नयाँ संक्रमित थपिएका छन् । यस्तै एकैदिन अरू ४ हजार ५१९ जनाको मृत्यु हुँदा ज्यान गुमाउनेको संख्या ३ लाख ८१ हजार ७०९ पुगेको छ ।

३० लाख ८६ हजार ७२४ जनाको उपचार भइरहेकोमा ५४ हजार ५४८ जनाको अवस्था गम्भीर छ भने ३० लाख ५ हजार २५७ जना संक्रमणमुक्त भएका छन् ।

युरोपेली मुलुकमा १ लाख ७५ हजार ५५७ जनाको मृत्यु भइसकेको छ । यहाँ २० लाख ४९ हजार ४४ जना संक्रमित भएकोमा १० लाख १३ हजार ५४ जना संक्रमणमुक्त भएका छन् । उत्तर अमेरिकी मुलुकहरुमा १ लाख २७ हजार १४६ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या २१ लाख २० हजार २८० पुगेको छ । त्यसमध्ये ७ लाख ८९ हजार ६६३ जना संक्रमणमुक्त भएका छन् ।

एसियाली मुलुकहरुमा ३१ हजार ८३१ जनाको मृत्यु भएको छ । ११ लाख ९४ हजार २२८ जना संक्रमित भएकोमा ७ लाख ३० हजार ८९० जना संक्रमणमुक्त भएका छन् । एसियाली देश तुलनात्मक रुपमा सुरक्षित पाइएको छ । किनकी एसिया विश्वको ६० प्रतिशत जनसंख्या भएको महादेश हो । दक्षिण अमेरिकी मुलुकहरुमा ४२ हजार ५२५ जनाको मृत्यु भएको छ । ९ लाख ४० हजार ८८५ जना संक्रमित भएकोमा ३ लाख ९३ हजार ९०९ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरुमा ४ हजार ५११ जनाको ज्यान गएको छ भने १ लाख ५९ हजार ७०१ जना संक्रमित छन् । संक्रमितमध्ये ६८ हजार ८८२ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२४ जनाको मृत्यु भएको छ । ८ हजार ८३१ जना संक्रमित भएकोमा ८ हजार २०८ जना संक्रमणमुक्त भएका छन् ।