फिचर

चौतर्फी विरोधपछि सरकारले थप्यो कर तिर्ने समय

काठमाडौं । सरकारले कर तिर्ने समय थप दुई सातालाई बढाएर असार ७ गतेसम्म पुर्‍याएको छ। चौतर्फी आलोचना भएपछि आन्तरिक राजश्व विभागले बुधबार नयाँ सूचना निकालेर कर तिर्ने समय बढाएको हो ।

सरकारले मंलगबार जेठ २५ गेतिभित्रै कर तिर्न ताकेता गरेपछि निजी क्षेत्र र जनस्तरबाट व्यापक दवाव भएको थियो । अब सर्वसाधारण तथा व्यवसायीले असार ७ सम्म कर तिरे हुनेछ ।

मंगलबारमात्र विभागले सूचना जारी गर्दै जेठ २५ भित्र कर तथा कर विवरण नबुझाएमा शूल्क, थप दस्तुर, ब्याज तथा जरिवाना तिर्नुपर्ने चेतावनी दिएको थियो ।

सूचनाअनुसार मूअ करतर्फ फागुन, चैत र वैशाखको मासिक, माघ र फागुन तथा चैत र वैशाखको द्धैमासिक र दास्रो चौमासिक चौमासिक कर विवरण तथा त्यसअनुसारको कर दाखिला गर्ने अन्तिम म्याद असार ७ कायम गरिएको छ ।

यसैगरी, अन्तःशूल्कतर्फ फागुन, चैत र वैशाखको बुझाउनुपर्ने विवरण तथा त्यसअनुसारको अन्तःशूल्क दाखिलाको म्याद पनि असार ७ नै बनाइएको छ । फाुगन र चैतको शिक्षा सेवा शूल्क, टेलिफोन स्वामित्व शूल्क र दुरसञ्चार सेवा दस्तुर असार ७ सम्मै बुझाउनुपर्ने छ ।

आयकर ऐनअनुसार फागुन, चैत र वैशाख महिनाको बुझाउनुपर्ने अग्रिम कट्टी र अग्रिम कर असुलीको विवरण बुझाउन म्याद पनि ७ नै हो ।

यस अवधिभित्रै कर दाखिला पनि गर्नुपर्छ । आयकर ऐन बमोजिम चैतमा बुझाउनुपर्ने चालू आवको संशोधित कर अनुमान र दोस्रो किस्ता बुझाउनुपर्ने म्याद एक साता बढी अर्थात् असार १५ को लागि तोकिएको छ ।

लकडाउनको अवधिमा व्यापार ठप्प भएका बेला कर तिर्न उर्दी जारी गरेपछि अर्थमन्त्री, मन्त्रालयका अधिकारी तथा सरकारको आलोचना सुरु भएको थियो।