समाचार

लकडाउनको विरोध गर्दै खुल्न थाले सबै पसल, सामाजिक दूरीको पनि अवज्ञा

काठमाडौं । राजधानीका विभिन्न क्षेत्रमा बिहीबार बिहानैदेखि बजार खुलेका छन्। सरकारले ७२ दिन देखि जारी राखेको लकडाउनको विरोध गर्दै आजबाट व्यापारीहरुले सपल खोल्न सुरु गरेका हुन ।

बिहानैदेखि अत्यावश्यक लगायतका सबै पसल खुलेका छन्। लामो लकडाउनका कारण व्यवसायीहरु समस्यामा परेकोले सररकारको लकडाउन लम्बयाउने निर्णयको अवज्ञा गर्न थालेका हुन ।

पसलहरु खुले पनि सामाजिक दूरीको नियम भने खासै पालना गरेको भने देखिएन। केही पसलहरुमा भने मार्क गरेर सामाजिक दूरीको नियम पालना गर्न लगाइएको थियो। केही स्थानमा प्रहरी आफैँ परिचालित भएर भीड व्यवस्था गरिरहेको देखियो।

सरकारले अत्यावश्यक सेवा भने सञ्चालन गर्ने व्यवास्था गरेको थियो । अब लकडाउन कुन मोडालिटीमा गर्ने भन्नेबारे उच्चस्तरीय समितिको सिफारिसमा सरकारले निर्णय गर्ने भनिएको छ ।

सरकारले उद्योग सञ्चालन गर्नका लागि लकडाउन खुकुलो बनाउने भने पनि मजदूर, कच्चापदार्थ तथा बजारका कारण दबाबमा रहेका छन् ।